बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Citizen Life Insurance Co

काठमाडौं, बैशाख १४ । बैंक अफ काठमाण्डू लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका तर्फबाट प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत-नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

यस सेवा अन्र्तगत बैंक अफ काठमाण्डू लिमिटेडका सम्पूर्ण अर्थात् ७९ शाखाहरुबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको प्रेस विज्ञप्तिमा जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति सुहाँउदा विभिन्न किसिमका नयाँ–नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिति जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिका लागि इन्स्योरेन्सले बैंक अफ काठमाण्डूबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा सञ्जाल प्रयोग गरी देशका कुना-कुनामा बीमाको पहुचँ बिस्तार गर्ने आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार