IME Life New

सिद्धार्थ बैंकको जेन–जेड बचत खातामा ५ लाखसम्मको बीमा सुविधा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन–जेड नामक बचत खाता संचालनमा ल्याएको छ । यस बचत खाता ई.सं १९९५ र सो भन्दा पछि जन्मिएका ग्राहकहरुले शुन्य मौज्दातमै खोल्न सक्नेछन्। यो खाता नाबालकको हकमा पनि खोल्न सकिने बैंकले जनाएको छ।

यस बचत खाता ग्राहकहरुको माझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङ्गको अनुभुति गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन मार्फत पनि खोल्न सकिने, आकर्षक ब्याजदर सहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता भएको बैंकले जनाएको छ ।

Crest

यस खातामा पाँच लाखसम्मको पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने छ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकहरुको खातामा न्युन्तम मौज्दात १० हजार हुनुपर्ने बैंकले जनाएको छ ।

यस बचत खातामा ग्राहकहरुले विशेष आकर्षकणको रुपमा निम्न सुविधाहरु निः शुल्क पाउन सक्ने बैंकले जनाएको छ।
बैंकले डेबिट कार्ड (पहिलो २ वर्षका लागि),क्रेडिट कार्ड (पहिलो १ वर्षका लागि),इन्टरनेट बैैंकिङ्ग (पहिलो २ वर्षका लागि), मोबाईल बैैंकिङ्ग (पहिलो २ वर्षका लागि), डिम्याट र मेरो सेयररसि(आस्वा (पहिलो २ वर्षका लागि),एसएमएस अलर्ट, बैंक स्मार्टमा आईपिओरएफपिओरहकप्रद सेयररम्युचल फन्ड अलर्ट, भाईबर बैैंकिङ्ग, खाताको स्टेटमेन्ट, ई–कमर्स कारोबार (नेपाल भित्रको लागि मात्र) कनेक्ट आइपीएस दर्ता मा बिशेष सुविधा प्रदान गर्ने भएको छ।

साथै यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०।२५ प्रतिशत छुट र सिद्घार्थ बैंकस्मार्ट एप मार्फत पहिलो रिचार्ज गर्दा ५ प्रतिशत छुटको सुविधाहरु रहेका छन् । बैंकले ल्याएको यस खातामा अधिकतम सुविधाहरु समावेश गरिएको छ ।यस योजनाले युवा वर्गहरुलाई बचत सँगसँगै प्रविधिमैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो सबै सर्भिस आउटलेटहरु तथा एक्स्टेन्सन काउन्टरहरुबाट छिटो, छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS