IME Life New

साफ च्याम्पियनशिप उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल महिला फुटबलर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दशरथ रंगशालामा जारी दक्षिण एशियाली(साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको बुधबारको फाइनल खेलमा नेपालले पुनः एकपटक इतिहास रच्ने माैका पाएको छ। प्रतियोगिताको फाइनल खेल रंगशालामा साँझ ६ः३० बजेदेखि शुरू हुनेछ।

साफ महिला च्याम्पियनशिपको फाइनलमा पाँच पटक सम्म पुगे पनि नेपाल उपाधिविहीन रहँदै आएको छ। यसपटक पुनः नेपालले छिमेकी मुलुक बंगलादेशसँग फाइनल उपाधिका लागि मैदानमा भिड्ने अवसर पाएको छ।

Crest

सन् २०२२ को साफ च्याम्पियनशिपमा नेपालले पहिलो पटक बंगलादेशसँग सेमिफाइनलमा सामना गर्नुपरेको थियो । तर नतिजा बंगलादेशको पक्षमा रहँदा नेपालले उपाधि भित्र्याउन सकेन । यसपटक घरेलु दर्शकको समर्थन समेत पाइ रहेको नेपाली टोलीको लय र मनोबल दुबै राम्रो देखिएको छ।

दशरथ रंगशालामा आइतबारको भारतसँगको तनावपूर्ण सेमिफाइनलमा नतिजा आफ्नो पक्षमा पार्दै नेपालले पाँच पटकको साफ च्याम्पियन भारतलाइ निराश बनाउन सफल रह्यो ।

यस पटक नेपाली महिला फुटबल टोलीले फाइनलसम्मको यात्रा तय गर्दा नेपाली टोलीमा विश्वमै नाम चलेका महिला खेलाडी सहितको बलियो टिम छ। महिला फुटबल टोलीको यस पटकको खेल टिम स्पिरिटमा आधारित देखिएको छ।

घरेलु समर्थकको बेजोड समर्थनसँगै नेपाल यस पटक टोली सावित्रा भण्डारी साम्बाको बिजुली गति, प्रिती राईको शानदार क्रस, गीता रानाको उत्कृष्ट प्रतिरक्षा र रेणुका नगरकोटीको चुस्त मिडफिल्डमाथि आशावादी छ। तर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी रेखा पौडेलसँगै दीपा शाही र हिराकुमारी भुजेलको अनुपस्थित फाइनल खेलमा महँगो पर्न सक्छ।

बंगलादेशी टोलीमा स्टार विंगर रितु पोर्ना चक्मा, अनुभवी खेलाडी सबिना खातुन, पास पाएको बललाई गोलपोष्टको जाली चुमाउन पोख्त तोहुरा खातुनसँगै टिमलाई एकबद्ध गराउन सफल मारिया माण्डा अब्बल देखिएका छन् । नतिजाका हिसाबले अघिल्लो सिजनभन्दा बलियो बंगलादेशविरुद्ध नेपाली टोलीका अनिता केसी, सविता राना मगर र रश्मी घिसिङले दबाब बनाउनु नै जितको आधार हुन्छ ।

लामो समयदेखि जारी राजनीतिक उथलपुथलका बावजुद बंगलादेशी राष्ट्रिय टोलीको खेल सुदृढ हुँदै गएको देखिएको छ। साफ यु २० फुटबल प्रतियोगितामा नेपाली पुरूष टोलीले बंगलादेशसँग ४-१ को फराकिलो अन्तरले पराजय भोग्दै घरेलु मैदानमै उपाधि गुमाउनु परेको थियो । यस पटकको महिला फुटबलमा पनि बंगलादेशी टोली पूर्णरूपमा लयमा देखिएको छ।

साफ महिला च्याम्पियनशिपमा बंगलादेशले हालसम्म एक पटक उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS