IME Life New

सांग्रिला डेभलपमेण्ट बैंकका ९ शाखाद्धारा विभिन्न संघ संस्थालाई सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९ शाखामार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै देशभर रहेको ९९ शाखा कार्यालयहरु मध्ये इटहरी, दार्चुला, वैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखा कार्यालयहरुले विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो ।

इटहरी शाखा कार्यालयले वौद्धिक अपांगता भएका महिला तथा वालवालिकाहरु रहेको संस्था“माया घर” लाई खाद्यान्न वितरण गरेको थियो भने दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र स्थानीय समूदायमा सरसफाइ कार्यक्रम गरेको थियो ।

Crest

त्यस्तै वैतडी शाखा कार्यालयले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखा कार्यालयले स्थानीय समुदायमा सरसफाई गरेको थियो । काठमाडौं,चावहिल स्थित चावहिल शाखा कार्यालयले चावहिल गणेशस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो ।

साथै, वयलवास शाखा कार्यालयले फुजोड मन्दिरमा सरसफाई र डस्टविन वितरण तथा मलेखु शाखा कार्यालयले भद्रकाली मन्दिरमा सरसफाई कार्यक्रम गरेका थिए । बैंकको अमरापुरी शाखा कार्यालयले डस्टविन वितरण र भुमही शाखा कार्यालयले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण लगायतका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गरी विभिन्न शाखा कार्यालय मार्फत कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS