IME Life New

सन नेपालको छैठौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, देशैभर बीमा जागरण अभियान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। जीवन बीमक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैंठौं वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा सामाजिक उत्तरदायीत्व अन्तर्गत बीमा जागरण अभियान आयोजना गरेको छ ।कम्पनीले भदौ २४ देखि असोज ६ गतेसम्म अभियान सञ्चालन गरेको हो।

सातवटै प्रदेश अन्तर्गत १६ पालिकामा जीवन बीमा सम्बन्धी स्थानीय सरकार तथा सरोकारवालासँग जीवन बीमा सम्बन्धमा अभिमुखीकरण अभिमुखिकरण कार्यक्रम गरेको छ ।

Crest

Sun nepal

कर्पोरेट कार्यालयको आयोजनामा सम्पन्न उक्त अभियान कोशी प्रदेशको इलाम जिल्लाको माईजोगमाई तथा फाकफोकथुम गाउँपालिका, मधेश प्रदेश अन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका र मुखियापट्टी मुसर्निया, पर्साको पर्सौनी र सिरहाको अर्नमा गाउँपालिका, बागमती प्रदेश अन्तर्गत मकवानपुरको थाहा नगरपालिका, गण्डकी प्रदेश अन्गर्गत कास्कीको मादी र तनहुँको ऋषिङ्ग गाउँपालिका, कर्णाली प्रदेश अन्तर्गत दैलेखको गुराँस गाउँपालिका तथा सुर्खेतका बराहताल गाउँपालिका, सुदूर पश्चिम प्रदेशमा कैलालीको बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकामा जागरण अभियान गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा स्थानीय तहमा बीमाको पहुँच र चेतना अभिवृद्धि गराउन स्थानीय पालिका र बीमा कम्पनीबीच समन्वयकारी भूमिकाको लागि आवश्यक छलफल भएको छ । स्थानीय सहकारी, बिद्यालय तथा सरोकारवालाहरुसँग जीवन बीमाको आवश्यकता र फाइदा र यसले दिन सक्ने आर्थिक सुरक्षाको प्रत्याभूतिको बारेमा अन्तरक्रिया समेत भएको थियो ।

अभियानको दोश्रो सप्ताहमा कम्पनीको छैठौं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखा कार्यालयहरुबाट सामाजिक उत्तरदायीत्व अन्तर्गत ग्रामीण भेगमा रहेका सामुदायीक विद्यालयहरुमा छात्रवृत्ति, स्टेशनरी सामाग्री, खेलकुद सामाग्री वितरण गरेको छ । बालबालिकाको विद्युतीय आधुनिक पानी फिल्टर जडान गरेको छ । बृद्धाश्रम तथा गुरुकुलहरुमा खाद्यान्न सामाग्री वितरण भएकोे छ । साथै स्वास्थ्य संस्थाहरुमा ह्वील चेयर तथा अन्य स्वास्थ्य सेवा सामग्रिहरु वितरण गरिएको छ । मानसिक सन्तुलन गुमाएका बालबालिकाको बालगृहमा न्यानो कपडा वितरण गर्नुका साथै मानव सेवा आश्रमका आश्रितहरुलाई खाद्यान्न वितरण पनि भएको छ । साथै केही स्थानमा रक्तदान कार्यक्रम पनि संचालन भएको छ ।

कम्पनीले कम्पनीका अभिकर्ता राजु कर्माचार्यको शब्द, स्वर र संगीतमा रहेको गीत शनिबार सार्वजनिक गरेको छ ।

कम्पनीको स्थापनाकालदेखि नै नियुक्त कर्मचारी उत्तम अर्याल, सर्वोत्कृष्ट व्यवसाय प्राप्त गर्ने कर्मचारी राम सिंह बस्नेत तथा कम्पनीको तर्फबाट विज्ञताको आधारमा नियमनकारी निकायमा मनोनित हुनुभएका कर्मचारी रञ्जु लम्साललाई छैंठौं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS