IME Life New

लघु बीमाको लाइसेन्स खुल्यो, ३५ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गरेको छ । समितिले आजको मितिदेखि ३५ दिन भित्रमा प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । तीन वटा जीवन र ४ वटा निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । अहिले प्रस्ताव पेश गर्न प्रस्तावकले जीवन निर्जीवन उल्लेख गरेर राख्न सक्नेछ । प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय रहने गरि प्रस्ताव पेश गर्नु पर्ने समितिले जनाएको छ । न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।

न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याई बीमाको विकास तथा विस्तार गर्न र नेपाल सरकारको आ.व. ०७९।०८० को बजेट वक्तव्यको बुँदा नं ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्ने क्रममा लाइसेन्स आह्वान गरिएको समितिले जनाएको छ ।

Crest

समितिले सार्वजनिक सूचना आह्वान गर्दै बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघु बीमा कम्पनीको स्थापनाको कार्य  अगाडि  बढाउने  प्रयोजनका  लागि  इच्छुक  व्यक्ति  तथा  लगानीकर्ता संस्थाहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

आजको यो सूचना  प्रकाशित  भएको  मितिले  पैँतीस औ  दिनको  १२  बजेभित्र  बीमा  समितिको  नाममा  सम्बोधन भएको सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी दर्ता गर्नु पर्नेछ ।

प्रस्तावित लघु बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँमा नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ । प्रस्तावित लघु बीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघु बीमा तर्फको जीवन बीमा वा लघु बीमा तर्फको निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा दुवै प्रस्ताव गर्न सकिनेछ ।

प्रस्तावकले यसअघि कुनै बीमा कम्पनीमा आधारभूत संस्थापक लगानी कर्ताको रूपमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्व समेत खुल्ने विवरण उल्लेख गर्नुपर्नेछ ।  प्रस्तावित संस्थापकहरूले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न पाइनेछैन ।

प्रस्तावकले प्रस्तावित लघुबीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ तथा लघुबीमा दर्ता निर्देशिका २०७९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरू समेत समावेश गरेको हुनुपर्नेछ ।

प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौँ उपत्यका बाहिर प्रदेश स्तरमा रहनुपर्नेछ । छनोट भएका प्रस्तावहरू मध्ये बीमा समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ । कम्पनीमा  लगानी  गर्न  हस्ताक्षर  गर्ने  लगानीकर्ताले  आफू  कालोसूचीमा  नरहेको  प्रमाण  पेस  गर्नुपर्नेछ  र  आर्थिक वर्ष २०७७।०७८ को करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

लघु बीमा व्यवसाय सम्बन्धमा स्पष्ट अवधारणा, वस्तुगत विश्लेषण सहित विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन,  विदेशी  लघु  बीमा  कम्पनीसँग  प्राविधिक  पक्षमा  साझेदारी  हुने  गरी  संयुक्त  उपक्रम  स्थापना  सम्बन्धी समझदारी भए सो सम्बन्धी पत्र, लघु बीमा व्यवसाय सम्बन्धी कुनै दुई प्रकारको बीमालेख र सोको प्राविधिक पक्षको पृष्ठपोषण गर्ने Technical Note का साथै लघु बीमासँग सम्बन्धित अन्य अनिवार्य पक्षहरू सम्बन्धी कागजातहरू समेत विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन साथै राखी पेस गर्नुपर्नेछ ।

रीतपूर्वक पेस नगरिएको वा म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्ताव उपर कुनै कारबाही हुनेछैन ।ड्डप्रस्तावकले  पेस  गरेका  प्रस्तावहरू  मध्ये  यस  समितिबाट  तयार  हुने  मूल्याङ्कनका  आधारहरूमा  उच्चतम अङंक प्राप्त गर्ने जम्मा ७ वटा (३ जीवन बीमा र ४ निर्जीवन बीमा) बीमाका प्रस्तावहरूलाई मात्र छनोट गरिने बीमा समितिले जनाएको छ ।

समितिमा यसअघि दर्ता भएका प्रस्तावहरू यसै सूचनाद्वारा रद्द गरिएको छ । उक्त प्रस्तावकहरूले प्रस्ताव पेस गर्न चाहेमा यसै सूचना बमोजिम गर्नुपर्नेछ । यस सूचना बमोजिम पेस हुन आएका कुनै वा सबै प्रस्तावहरू कुनै कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार समितिमा सुरक्षित रहने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS