काठमाडौं । हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा २ अर्ब २३ करोड रुपैयाँ बढी लगानी गरेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमाससम्म लघु निर्जीवन बीमकले कुल २ अर्ब २३ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् ।
सबैभन्दा लगानी गर्नेमा स्टार माइक्रो रहेको छ । यो कम्पनीले विभिन्न क्षेत्रमा ५९ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा नेपाल माइक्रोले ५६ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रोले ५४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । यसैगरी ट्रस्ट माइक्रोले ५२ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ ।
चार निर्जीवन लघु बीमकको सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ । ‘क’ वर्गका बैंकहरुको निर्जीवन लघु बीमकले १ अर्ब ९७ करोड ९ लाख रुपैयाँ, ‘ख’ वर्गका बैंकहरुमा १३ करोड ५८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुमा ५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको देखिन्छ ।
त्यस्तै निर्जीवन लघु बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । जसमा प्रोटेक्टिभ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले मात्रै लगानी गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ९७ लाख रुपैयाँ रहेको छ जसमा नेपाल माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रोले मात्रै लगानी गरेका छन् ।
यता, यी चार कम्पनीहरुले नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ४ करोड ८ लाख रुपैयाँ लगानी गरेका छन् ।
692e88f232971_1764657394
















