रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले फाइनान्स मार्फत आफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै फाइनान्सको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।
कम्पनीले पुस मसान्त सम्ममा २० हजार ६ सय ८ बीमा लेख बिक्री गरी ९ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ। रिलायबल नेपालले जीवन बीमा व्यावसाय सुरु गरेपछि ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ८० लाख रुपैयाँ जम्मा भएको छ।
















