IME Life New

मूल्य समायोजनपछि नेको इन्स्योरेन्सको शेयरभाउ कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हकप्रद शेयरका लागि नेको इन्स्योरेन्सको शेयरभाउ समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेको इन्स्योरेन्स मूल्य समायोजन गर्दै प्रतिकित्ता ७७१.१२ रुपैयाँ कायम गरेको हो। मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार कम्पनीको प्रतिकित्ता ९३८.९० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Crest

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने गरेको छ। यसको अर्थ माघ १५ गते (आज माघ १६ र भोलि १७ गते सार्वजनिक बिदा)सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद शेयर भर्न पाउनेछन्।

कम्पनीले बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने निर्देशन दिएको छ। नेको इन्स्योरेन्सको हालको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS