काठमाडौं । बोनस शेयर प्रयोजनार्थ आशा लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज आशा लघुवित्तको शेयरभाउ समायोजन गर्दै प्रतिकित्ता १ हजार ९०.४१ रुपैयाँ कायम गरेको हो। आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार १९४ रुपैयाँ कायम भएको थियो। अब भोलि समायोजित मूल्यअनुसार नै यो संस्थाको शेयर कारोबारमा आउनेछ।
संस्थाले लाभांश र साधारणसभा प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।
संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेल–६ स्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।
सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि नियमनकारी नियकाबाट प्राप्त सुझाव समेटेर कार्य अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षकको प्रतिवेदन र सञ्चालक समितिको वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८३।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

















