IME Life New

माछापुच्छ्रे बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी सरद कुमार नेपालको नाममा रहेको १२ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंको शेयर विभागमा निवेदन पेश गर्न आग्रह गरेको छ । निवेदन पेश गर्दा आफूले खरीद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाउनुपर्नेछ ।

Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS