काठमाडौं । बाणिज्य बैंक, विकास बैंक र फाइनान्सले लघुवित्त वित्तीय संस्थाले जारी गरेको ऋणपत्र खरिद गर्दा उक्त लगानीलाई विपन्न वर्ग कर्जामा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरिदिए सँगै यस्तो व्यवस्था थप गरेको हो ।


















