IME Life New

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको शेयरमाा आज आइतवार बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो। कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Crest

लगानीकर्ताले भदौ १५ गते, मंगलबारबाट आज भदौ २० गते, आइतबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS