IME Life New

बीमा कम्पनीको मर्जर पछि १५ प्रतिशत भन्दा धेरै हिस्सा देखिएमा सिमा भित्र ल्याउन २ वर्षको समय पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६’ को पहिलो संशोधन गर्दै थप सुविधा थप गरेको छ । मर्जर पछि स्वाप रेसियो तथा क्रस होल्डिङका कारणले कुनै पनि शेयरधनीको हिस्सा नियम विपरित १५ प्रतिशत नाघ्यो भने उनिहरुले सिमा भित्र ल्याउन २ वर्षको समय पाउने भएका छन् ।

समितिले पहिलो संशोधनका क्रममा स्वाप रेसियो तथा, क्रस होल्डिङका कारण शेयर संरचनामा आउने परिवर्तन र त्यसले पार्ने नीतिगत समस्यालाई समाधान गर्ने केहि बाटो खुला गरिदिएको छ । निर्देशिकाको दफा ४ को उपदफा ४ मा ‘बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको शेयर संरचनामा कुनै एक व्यक्ति, समुह वा संस्थाको नाममा चुक्ता पूँजीको १५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व कायम हुन गएमा वा प्रतिहिस्सेदी (क्रस होल्डिङ्ग) हुने भएमा त्यस्तो शेयर स्वामित्वलाई सीमा भित्र ल्यउन थप दुई वर्षको अवधि प्रदान गरिनेछ ।’

Crest

निर्देशिकाको दफा ४ मै उपदफा ११ देखि उपदफा १८ सम्म थप गरिएको छ । समितिले बीमा कम्पनी गाभिएकै कारण गाभ्ने बीमा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर थप एक सञ्चालकको व्यवस्था गर्न सकिने व्यवस्था थप गरिदिएको छ ।

गाभिदा वा प्राप्तिको कारणबाट बीमा कम्पनीको शाखा कार्यालय थपघट तथा मिलान गर्न पर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्ने व्यवस्था गरिदिएको हो । गाभ्ने गाभिने प्रकृयाँमा कुनै बीमा कम्पनीको संस्थापक शेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमा कम्पनीभन्दा बढी भइ समान प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बिक्री गर्न पाउने बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगेतापनि उपयुत्तता जाँच (फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृति दिन सक्ने व्यवस्था गरिएको छ ।

गाभ्ने गाभिने कार्य पछिको एकीकृत रुपमा बीमाङ्कीको प्रतिवेदन पेश गर्न थप छ महिना समय प्रदान गर्न सकिने समितिले जनाएको छ । गाभ्ने, गाभिने मध्ये कुनै बीमा कम्पनीको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा संचालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था भएमा सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिने व्यवस्था थप भएको छ ।

सञ्चालकको तोकिएको कार्यकाल समाप्त भै निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएर वा प्राप्ति पश्चात प्रचलित कानुनबमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि संचालक पदमा बहाल रहने अवधि थप दिन सकिनेछ । गाभ्ने गाभिने कार्य समाप्त भएका एकिकृति बीमा कम्पनीका अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गर्न सकिनेछ । गाभ्ने गाभिने कार्या सम्पन्न भएपश्चात कार्यालय स्थापना र यान्त्रिकरण गर्दा भएको खर्चलाई व्यवस्थापन खर्चमा एक वर्षसम्म सामावेश नगरिने गरी छुट दिन सकिने व्यवस्था पनि थप गरिएको छ ।

Merger-and-Acquisition-Directives-with-First-ammendment_compressed

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS