IME Life New

बाढीपहिरो प्रभावित जिल्लालाई राहत रकम प्रदान गर्ने महासंघको निर्णय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघले बाढी पिडितहरुको लागि राहत प्रदान गर्ने भएको छ । यही असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी पहिरोको कारण भएको जनधनको क्षतिमा राहत होस भनेर महासंघले अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने जनाएको छ ।

साथै विपदको यस समय आ-आफ्ना तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।

Crest

त्यस्तै, बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आफ्ना सम्पूर्ण सदस्यहरुमा आव्हान पनि गरेको छ ।

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS