IME Life New

प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा जगरनाथपुर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८० /८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम माघ २५ गते पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकासँग पालिकाको सभा हलमा सम्पन्न गरेको गरेको हो । उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उक्त पालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, अतिथिको रुपमा विभिन्न वडाका वडाध्यक्षहरु रहेका थिए ।

Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम सागर आचार्यले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु, अन्य सरोकारवाला लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु गरी करिब ८० जना भन्दा बढीको सहभागिता रहेको थियो।

प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले जीवन र निर्जीवन बीमा एंव कृषि तथा पशुपन्छी बीमाका विविध विषयमा जिज्ञाशा राखेका थिए । साथै, पालिकामा बीमाको साक्षरता प्रवर्द्धन र समन्वयका लागि छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्ने र बीमाको साक्षरता पालिकाबाट गाउँगाउँसम्म पुर्याउनु पर्ने लगायतका विविध विषयमा छलफल भएको थियो।

छलफलका क्रममा उठेका प्रश्न एंव जिज्ञासाको जवाफ प्राधिकरणका कर्मचारी सागर आचार्यले दिएका थिए । साथै, निर्जीवन बीमकका प्रतिनिधि एंव कृषि प्राविधिकले समेत स्थानीय भाषामा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जगरनाथपुर गाउँपालिकाका अध्यक्षले आफ्नो पालिका कृषि बीमा र अन्य बीमा गर्नलाई तयार रहेको र कृषि अभिकर्ता उपलब्ध गराउन आग्रह गरे । साथै सम्पूर्ण वडाका वडाअध्यक्षहरु एंव जनप्रतिनिधिलाई बीमा साक्षरता प्रवर्द्धन सम्बन्धी कार्य गर्न आग्रह गरे ।

पालिकाले समेत बीमाको दायरा विस्तारमा आवश्यक कार्य गर्ने कुरा व्यक्त गर्नु भयो। हाल नेपाल सरकारबाट कृषि बीमामा प्रदान हुने ८० प्रतिशत अनुदानमा बाँकी रकम पालिकाले नै थप गरी सम्पूर्ण कृषकलाई कृषि बीमाको दायरा भित्र ल्याउनु पर्ने भनाई राखेका थिए । ज्येष्ठ नागरिक लक्षित बीमालाई समेत अघि बढाउनु पर्ने बताए ।

कार्यक्रम आयोजना गरी नेपाल बीमा प्राधिकरणको जानकारी, बीमा र यसको महत्व लगायतका विषयमा जानकारी प्रदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले मधेश प्रदेशको कमजोर बीमा दायराको स्थितिलाई सुधार गर्न गाउँगाउँ सम्म बीमा शिक्षा पुर्याउनु पर्ने र यसका लागि नेपाल बीमा प्राधिकरणले गर्दै आएका विभिन्न कार्यको जानकारी दिइन् ।

पालिका स्वयंले आफ्ना भौतिक संरचना र विपन्न नागरिकको बीमा गरी यस अभियानलाई सुरुवात गर्न र पालिकाको सेवालाई बीमासँग आवद्ध गर्न अनुरोध गरिन् । साथै, बीमा गर्दा यसका सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै छलफलका क्रममा उठेका अन्य प्रश्न एवं जिज्ञासालाई थप स्पष्ट पार्दै बीमा कम्पनीका प्रतिनिधिहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS