IME Life New

प्रभु बैंकका ग्राहकले दियालो लर्डस् प्लाजामा छुट पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले दियालो लर्डस् प्लाजामा छुट पाउने भएका छन् । प्रभु बैंक र वीरगंज स्थित दियालो लर्डस् प्लाजा बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण गुप्ता र दियालो लर्डस् प्लाजाका तर्फबाट महाप्रबन्धक शैलेज तेरीले हस्ताक्षर गरेका छन्।

Crest

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले दियालो लर्डस् प्लाजाद्धारा सञ्चालित “फुड, वेभरेज, डाइनिङ्ग र रुम सर्भिस” सेवामा १५ प्रतिशत र “ ट्यारिफ कार्डको स्पेशल रुम रेट सेवामा” २५ प्रतिशतका साथै “कन्फेरेन्स/डीनर प्याकेजको ब्याङ्क्वीट रेटमा” २० प्रतिशत छुट प्राप्त गर्ने छन्।

सम्झौता अनुसार दियालो लर्डस् प्लाजामा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो लर्डस् प्लाजाका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS