IME Life New

पुराना बीमा कम्पनीलाई टक्कर दिँदै युनियन लाईफ, बीमा शुल्क आर्जन ३ अर्ब माथि 

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

युनियन लाईफ इन्स्योरेन्सको व्यवसायमा छलाङ्ग मार्ने क्रम जारी छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब २३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १ अर्ब ७१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ८८ प्रतिशतले वृद्धि भएको छ।  त्यस्तै खुद बीमा शुल्क आर्जन ३ अर्ब १७ करोड पुगेको छ।  गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सो रकम १ अर्ब ६२ करोड रहेको थियो।

१ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोषमा ४४ करोड १५ लाख रुपैया छ भने जीवन बीमा कोषमा ३ अर्ब ६८ करोड पुगेको छ।  गत वर्ष यसै अवधिमा जीवन बीमा कोष १ अर्ब २७ करोड थियो।

Crest

कम्पनी शत प्रतिशत दावी भुक्तानी गरेकोले भुक्तानी हुन् बाँकी दावी छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS