IME Life New

नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले १२ अर्बको विकास ऋणपत्र बोलकबोलमा विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी आज बिहीवार उक्त विकास ऋणपत्र बोलकबोलमा विक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरीद गर्न सक्ने गरी ऋणपत्र बिक्रि गर्न लागेको जनाएको छ ।

Crest

नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिका लागि उक्त ऋणपत्र विक्री गर्न लागेकोे हो । सो अवधि सकिएपछि २०८१ असार २७ मा एकमुष्ट रूपमा साँवा भुक्तानी गरिने र अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ ।

इच्छुक संस्था तथा व्यक्तिले बिहीवार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल पेश गर्न सक्नेछन् । खरीदकर्ताले कम्तीमा ५० हजारदेखि बढीमा कुल निष्काशित रकमको सिमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरीद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS