काठमाडौं । नेपाल एग्रो लघुवित्तले निमित्त कार्यकारी अधिकृतको कार्यभार नयन देवकोटालाई दिएको छ ।लघुवित्तको चैत २३ गते बसेको संचालक समितिको बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति नभएसम्मका लागि देवकोटालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको एक सूचना जारी गर्दै जनाएको छ ।


















