IME Life New

नेपालको बीमा क्षेत्रको विकासका लागि सरकारले के गर्नुपर्छ त ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नगरपालिका भित्रका घरहरुको अनिवार्य बीमा गराउँनुपर्छ
रमेश कुमार भट्टराई
कार्यवाहक प्रमुख कार्यकारी अधिृकत
युनाईटेड इन्स्योरेन्स कम्पनी

Crest

सम्पतिमा बीमा गर्दा आयकरमा छुट दिनु पर्छ । बीमामा १३ प्रतिशत भ्याट हटाउँनु पर्छ । कुनै पनि देशमा यस्तो खालको भ्याटको व्यवस्था गरिएको छैन । नगरपालिका भित्र भएका घरहरुको अनिवार्य बीमा गर्नुपर्छ । तेस्रो पक्ष बीमालाई घरहरुको बीमालाई पनि अनिवार्य गराउँनु पर्छ ।

लामो अवधिको लागी बण्डहरु जारी गर्नुपर्छ
पोषक राज पौडेल
प्रमुख कार्यकारी अधिकृत
सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी

बीमा कम्पनीहरुलाई लगानी गर्नका लागी सरकारले लामो अवधिको बण्डहरु जारी गर्नुपर्छ । अन्य मुलुकमा यस्तो खालको व्यवस्था छ । त्यसैगरी आयकर छुटको व्यवस्था गर्नुपर्छ ।

धनीलाई अनिवार्य बीमा, गरिबलाई अनुदान, अति गरिबलाई कोष स्थापना गर्नुपर्छ
डा.रविन्द्र घिमिरे
बीमा विज्ञ

एउटा परिवारलाई जीवन बीमा, स्वास्थ्य बीमा, सम्पति बीमा र दायित्व बीमाको आवश्यकता पर्छ । त्यसैले सरकारले यसलाई प्याकेजमा लैजाने खालको नीति ल्याउँनु पर्छ । अति विपन्न बर्गहरु जसको खोलाको छेउमा घर छ । जोखिम ठाउँमा छन्, त्यस्तो परिवारको लागि २ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउँने गरी समाजिक सुरक्षा कोष स्थापना गरी राख्नुपर्छ । सरकारले २५ लाख जति जम्मा गरी सामाजिक सुरक्षा कोष बनाउँन सक्छ वा कम्पनि मार्फत पनि गर्न सक्छ । कतिपय बीमालाई अनिवार्य गराउँनु पर्छ । बीमा नगरेसम्म खानेपानी, विद्युत वा विद्यालयमा भर्ना हुन नपाउँने जस्ता व्यवस्था गर्नुपर्छ । धनी अनिवार्य बीमाको व्यवस्था गर्नुपर्छ, गरिबलाई अनुदान, अति गरिबलाई कोष स्थापना गरी सुरक्षा प्रदान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS