IME Life New

निर्धन उत्थान लघुवित्तको साधारण सभा पुस २५ गते, बुक क्लोज कहिले ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते २३औं साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्तापूँजीको २९ दशमलव ५ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण, हिसाव, नगद प्रवाह, वासलात, नाफा नोक्सान लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका सदस्यको मनोनयन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS