काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः उपेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको कार्तिक २५ गते बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा कार्कीलाई मंसिर १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई दुई वर्षको लागि पुनः नियुक्ति गरेको बैंकले जनाएको छ ।


















