IME Life New

ज्योति विकास बैंक र रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच स्वच्छ व्यवसाय सम्मानित व्यवसायी नामक अन्तरक्रिया कार्यक्रम मिति २०७८, भाद्र २१ गते सोमबारका दिन सुनसरीमा सम्पन्न भएको छ।

सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंक बीच बैंकिंग सहकार्यको उदेश्यको बारेमा छलफल भएको थियो। कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हेतुले ल्याइएका विभिन्न बैंकिंग सेवाहरु तथा डिजिटल बैंकिंग सम्बन्धि विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो।

Crest

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने,डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तीय साक्षरता,उद्यमशीलता विकासका निमित्त बैंकले महासंघ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन सम्झौता भएको थियो।

सुनसरी रत्न तथा आभूषण महासंघ द्वारा शुभारम्भ गरेको स्वच्छ व्यवसाय सम्मानित व्यवसायी नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमेश्वर शाक्य , बैंकका धरान शाखाका शाखा प्रबन्धक प्रकाश झा , ईटहरी शाखाका शाखा प्रबन्धक चंद्रदिप पहाडी , विराटनगर शाखाका शाखा प्रबन्धक देवी प्रसाद चम्लागाई र सुनसरी रत्न तथा आभूषण संघका तर्फबाट संघका अध्यक्ष टेक बहादुर यङ्गदेन , नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ १ नम्बर प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्य तथा धरान , ईटहरी , इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरुको उपस्थिति रहेको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS