IME Life New

ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ४६ लाख हेरौँ कम्पनी विश्लेषण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कम्पनी संचालक र व्यवस्थापन समिति
प्रधान कार्यालयः शान्ता प्लाजा पशुपति रोड, ज्ञानेश्वर काठमाडौं

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दास्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको सोही अवधिको वित्तीय विववरणलाई दाँजेर हेर्दा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहीलो जीवन बीमा कम्पनी बन्न सफल भएको छ । हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जगेडा कोषमा ३३ करोड ४६ लाख रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँ संचिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती ९५ प्रतिशतले धेरै हो ।

Crest

जीवन बीमा कोष
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३२ करोड ८९ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २६७ प्रतिशतले धेरै हो ।

कुल बीमा शुल्क आर्जन
समिक्षा अवधिसम्ममा कम्पनीले ७५ करोड १३ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८३ लाख रुपैयाँ मात्र कूल बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कूल बीमा शुल्क आर्जन १ सय ३६ प्रतिशतले धेरै हो ।

खुद बीमा शुल्क आर्जन
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ सय ३५ प्रतिशतले धेरै हो गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

खुद नाफा
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले खुद नाफा ७ प्रतिशतले बृद्धि गर्त सफल भएको छ । यस अवधिसम्म कम्पनीले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

कुल दाबी भुक्तानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४६ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ लाख ३२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल दाबी भुक्तानी १ सय ३९ प्रतिशतले बढी हो ।

खुद दाबी भुक्तानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ लाख ३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ लाख १६ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

जारी बीमालेख संख्या
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीले ९ हजार ९ सय ५५ वटा बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ हजार तीन सय ५३ वटा मात्र बीमालेख जारी गरेको थियो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ एक सय २४ रुपैयाँ १५ पैसा कायम रहेको छ । यो बीमा कम्पनी नयाँ बीमा कम्पनी भएकाले अहिलेसम्म लाभांश दिएको छैन । अब आइपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।

नोट : प्रति शेयर आम्दानीलाई बार्षिकिकरण गरिएको छ ।
नोट: जीवन बीमा कम्पनीहरुकोहकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

पुष मसान्तसम्ममा कम्पनीले देशभर १ सय १६ वटा शाखा कार्यालय मार्फत शुगम तथा दुर्गम भेगमा आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । पुष मसान्तसम्मको बीमा समितिको तथ्याङक अनुसार कम्पनीमा ३ सय ४३ जना कर्मचारी कार्यरत छन् ।

हाल कायम रहेको बोनशदर
ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई कम्पनीले प्रतिहजार न्युनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
९ वर्षसम्मको सावधिक र सावधिक आजिवनमा ४०, १० देखि १४ वर्षसम्म ४१, १५ देखि १९ वर्षसम्म ४९, २० देखि २४ वर्षसम्म ५५ र २५ वर्षदेखि माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

ज्योति लाइफले कहिलेबाट शुरु गर्यो सेवा
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी पहुँच विस्तार, साक्षरता वृद्धी गर्ने र जीवन बीमा प्रति आम जनमानसमा सकारात्मकता ल्याइ उच्चस्तरिय तथा प्रविधिमैत्री सेवाको माध्यमबाट हरेक नेपालीको भविष्य सुरक्षित, सुनिश्चित तथा खुशिमय बनाउन सहयोग पुर्याउने उद्धेश्यले कम्पनी ऐन २०६३ अन्तर्गत २०७४ बैशाख १४ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भइ बीमा समितिबाट २०७४ आषाढ २० गते इजाजत पत्र प्राप्त गरी २०७४ भदौ १९ गते कारोबार अनुमति प्राप्त गरेको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS