IME Life New

जीवन बीमा कम्पनीहरु आक्रामक शैलीमा व्यवसाय अघि बढाउँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुका लागि बैशाख, जेठ र असार तीन महिना सिंगो वर्षभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले क्यालेण्डरकै रुपमा भदौं असोजमा तालिम, गोष्ठी, सेमिनार, पिकनिकमा व्यस्त हुन्छन् भने अन्य महिना औसत व्यापार गर्दछन् । तर, जब बैशाख लाग्छ अनि जीवन बीमा कम्पनीहरुको फुर्सद हुन छोड्छ ।

यस पटक करिब ९० दिनदेखि सिंगो देश लकडाउनमा छ । यही असार १ गतेदेखि सरकारले जोर बिजोर प्रणाली लागू गरेर निजि सवारी साधनहरु चल्न दिएपछि केही सहज बनेको छ । यही मौकामा जीवन बीमा कम्पनीहरु भने आक्रामक व्यवसायमा उत्रिएका छन् । अभिकर्ताहरुलाई वर्षको टार्गेटका लागि मरि मेटेर लाग्ने हुँदा जीवन बीमा कम्पनीहरु अहिले लकडाउन र कोरोनालाई बिर्सेर आक्रामक व्यवसाय विस्तारमा व्यस्त हुन थालेका हुन् ।

Crest

लकडाउनकै बीचमा पनि गत जेठ महिनामा औसत व्यापार गर्न सफल भएपछि जीवन बीमा कम्पनीहरु कोरोना महामारीको समयमा पनि उत्साहित देखिएका छन् । अधिकांश बीमा कम्पनीहरुले अनलाईनबाट बीमा पोलिसी जारी गर्न सक्ने गरी सिष्टम बनाएर डिजिटल माध्यमबाट व्यवसाय विस्तारमा लागेका छन् । एक अनौपचारिक तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले कूल बीमा व्यवसायको ४० प्रतिशत पछिल्लो तीन महिनामा गर्दछन् भने असार महिनामा मात्रै २० प्रतिशत व्यवसाय गर्दछन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले विद्युतीय माध्यमबाट सम्पर्क गर्न एजेन्सीलाई आह्वान गरिएको बताए । सिईओ लोहनीका अनुसार जेठ महिनामा बीमा नविकरण शुल्क आशा गरेभन्दा राम्रो उठेपछि असार महिना थप राम्रो व्यवसाय गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । सिईओ लोहनीले भने, ‘भर्खरै केही खुकुलो भएको छ, सबैभन्दा पहिला त बन्द रहेको शाखा कार्यालय खोलेका छौं, महामारीको जटिल अवस्थामा अनलाईनबाटै बीमा जनचेतना जगाउने काममा तीव्रता दिइरहेका छौं ।’ सिईओ लोहनीले अनलाईनबाटै अभिकर्ताको कोड प्रयोग गरेर आवेदन दिनसक्ने गरी व्यवस्था गरेकोले बीमित, अभिकर्ता र कम्पनी सबैलाई सजिलो पारिएको बताए ।

उता, महालक्ष्मी लाईफका सिईओ रमेश कुमार भट्टराई बीमा जनचेतनामा व्यापक मात्रामा बृद्धि भएकोले सर्वसाधारणले बीमाप्रति चासो राख्न थालेकोले एजेन्सी परिचालन गरिएको बताए । जेठ महिनामा औषत बीमा शुल्क उठेको अधिकांश बीमा कम्पनीहरुको भनाई छ । अब असार महिनामा सामान्य अवस्थामा झै व्यापार गर्ने लक्ष्यका साथ ध्यान केन्द्रित गरिएको महालक्ष्मीका सिईओ भट्टराईको भनाई छ । उनले भने, ‘जेठमा राम्रै बीमा शुल्क उठेको छ, असारमा तीन गुणा बढि उठ्छ भन्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

असार १ गतेपछिको सहज अवस्थामा २० वटै जीवन बीमा कम्पनीहरुले आक्रामक रुपमा अभिकर्ता परिचालन गर्न थालेका छन् । कार्यालय खुल्ने वित्तिकै अभिकर्ताहरु सम्बन्धित शाखा कार्यालयमा पुग्ने गरेका छन् । अभिकर्ताको तलव, इन्सेन्टिभ प्राप्त गर्न पनि टार्गेट पूरा गर्नै पर्ने दवावमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु रहेका छन् । अधिकांश बीमा कम्पनीहरुले टार्गेट घटाएर अभिकर्तालाई प्रोत्साहन गरिरहेका छन् । टार्गेट नघटाउने जीवन बीमा कम्पनीहरुले थप प्रोत्साहन समेत व्यवस्था गरेपछि एजेन्सीहरु असारलाई वर्षदिन कमाउने महिनामा परिणत गर्न रातदिन मेहनत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS