IME Life New

जहरसिंपौवामा ज्योति विकास बैंकको विस्तारित काउन्टर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले बैंकको साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो। जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं ०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

Crest

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS