IME Life New

चुक्तापूँजी ८० प्रतिशतले बढाएको प्रुडेन्सियलको प्रतिसेयर आम्दानी १५ रुपैयाँ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौंः प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण पस्केको छ । यो अवधिमा ८० प्रतिशतले चुक्तापूँजी बढाएको कम्पनीले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १० करोड १५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । चुक्तापूँजी ३५ करोड ६४ लाख रुपैयााँबट चुक्तापूँजी ६४ करोड १५ लाख पुर्याएको प्रुडेन्सियलले जगेडा कोषमा १० करोड ७५ लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीले बीमा कोषलाई पनि १० करोडले बढाएर ४१ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ ।

Crest

कम्पनीको आम्दानीमा २ दशमलव ६५ ले घटेर ९२ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने खर्चमा पनि ७ दशमलव ६१ प्रतिशतले कमी आई ८१ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) ३६ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ भने भुक्तानी दाबी (खुद) २३ करोड २८ लाख रुपैयाँ बराबरको गरेको छ । कम्पनीले यस अबधिमा १ लाख १०३ वटा (संख्या) बीमालेख जारी गरेको छ । भने ४ हजार ६ सय १७ वटा (संख्या) दाबी भुक्तानी गरेको छ । हालसम्म कम्पनीले १ अर्ब २ करोड २१ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको विवरणमा उल्लेख छ । भने यो अवधिसम्म कम्पनीले ५७ करोड ३१ लाख ४१ हजार रुपैयाँको दाबी भुक्तान गरेको देखिन्छ । त्यस्तै कम्पनीले ३ हजार ७ सय ६७ बीमालेखको ६९ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गर्नुपर्नेछ ।

प्रुडेन्सियलको प्रति सेयर आम्दानी २५ रुपैयाँ २८ पैसामा झरेको छ । गतवर्षको सो अवधिमा प्रति सेयर आम्दानी ३७ रुपैयाँ ९८ पैसा थियो । त्यस्तै पि ई अनुपात २६ दशमलब ८९ गुणा र प्रति सेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS