काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । संस्थाले गत फागुन २८ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत बोनश शेयर बुक क्क्लोज भएको अघिल्लो दिन अर्थात् फागुन १३ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।
उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।


















