IME Life New

एलजीसँग खुशीको पलः एलजीका उत्पादनमा ४०% सम्मको क्यासब्याक र पक्का उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले दशै तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ नामक योजना अघि सारेको छ। यस योजना अन्तर्गत ग्राहकले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन्।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४०५ सम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन्।

Crest

साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर भन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन्।

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्री इन्स्टलेशन सेवा पाउनेछन्। ‘हामी नेपाली उपभोक्ताहरूलाई हाम्रो एलजी उत्पादनहरू मार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैं प्रतिबद्ध छौं,’ सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुशोत्तम भण्डारीले भने, ‘यस पर्वको अवसरमा, हामीले एलजी संग खुशीको पल अभियान मार्फत नेपाली परिवारहरूको खुशीयालीमा थप उत्साह भर्न चाहेका छौं।’

यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ। यो योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिको लागि लागू गरिएको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS