IME Life New

एनआईसी एशिया बैंकद्धारा दुर्घटना बीमा बापतको रकम भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत विभिन्न शाखामा बचत खाता खोलेका ग्राहकका आफन्तलाई बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ । बैंकले दुर्घटनामा परेका ३ जना ग्राहकलाई प्रति व्यक्ति जनही १० लाखका दरले रकम भुक्तानी गरेको हो ।

बीमा लाभ प्राप्त गर्ने ग्राहकहरुमा बैंकको त्रिपुरश्वर शाखामा केएमसी एम्बास्डोर बचत खाता खोलेका स्व शिव प्रसाद सुवेदीकी श्रीमती लक्ष्मि ढकाल, ग्वार्काे शाखामा सर्वश्रेष्ठ सहज सहज खाता खोलेका स्व.टंक प्रसाद घिमिरेकी श्रीमती डिली घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता एम्बेसडर श्रेणीको खाता खोलेका स्व.ज्ञान बहादुर चोधरीको श्रीमती अनिता चौधरी रहेका छन् । बैंकले उक्त बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

Crest

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्।

एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एनआई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । साथै सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता योजना ग्राहक महानुभावहरू सामू ल्याएको छ ।

यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस सी आइपिएस फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS