IME Life New

ईसेवाबाट बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा ल्यापटप र ५०० क्यासब्याक पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवाबाट बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा पुरस्कार पाउन सकिने भएको छ । नवीकरण गर्नेमध्ये एक जनाले डेलको ५३२० आइ फाइभ ल्यापटप जित्न सकिने ईसेवाले जनाएको छ ।

ईसेवाका अनुसार साउन २५ गतेसम्म सञ्चालन हुने यस अभियानमा हरेक दिन पाँच जना भाग्यशाली ग्राहकले समेत ५०० रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन्‌ । यस योजनामा सहभागी हुन कुनै पनि लाइफ इन्स्योरेन्स्को प्रिमियम ईसेवा मार्फत भुक्तानी गरेको हुनुपर्नेछ भने भुक्तानी गर्ने व्यक्ति ईसेवामा प्रमाणित भएको हुनुपर्नेछ ।

Crest

ईसेवाले दैनिक उपहार विजेताको नाम हरेक हप्ता ईसेवाको ब्लग र फेशबुक पेज मार्फत सार्बजनिक गर्नेछ भने योजनाको अन्त्यमा ग्राण्ड पुरस्कार विजेता छनोट गरी ल्यापटप प्रदान गर्नेछ । ग्राण्ड पुरस्कार विजेताको नाम ईसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गर्ने पनि ईसेवाले जनाएको छ ।

हाल एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढी ग्राहकले सेवा लिइरहेको ईसेवाको दाबी छ । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेको पनि जनाएको छ।

ईसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी लगायत दुई लाख भन्दा सेवा तथा मर्चेन्टको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS