IME Life New

आइपीओ भर्दा अबदेखि नेपाल बैंकले आश्वा शुल्क नलिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बै.कले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा आवेदन गर्दा शेयर परे पनि नपरेपनि सर्वसाधारणबाट प्रति आवेदन १० देखि २० रुपैयाँसम्म शुल्क लिंदै आएका छन् ।

Crest

तर पछिल्लो समयमा थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएको हुँदा आवेदन नपर्ने ग्राहकले समेत अनावश्यक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक पटक सेवा शुल्क भुक्तानी गरिरहनु परेको भन्दै सर्वसाधारण लगानीकर्ताहरुले संगठितरुपमै निःशुल्क सेवा प्रदान गर्नको लागी नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए ।सोही अनुरुप कुनै बैंकले ५ रुपैयाँ शुल्क लिँदै आएका छन् भने कुनै बैंकहरुले निःशुल्क सेवा दिने जनाएका छन् ।

बैंकले २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS