IME Life New
GBIME

सेयरमा लगानी गर्दा जान्नै पर्ने केही सुत्रहरु

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

१. नयाँ लगानीकर्ता हुनुहुन्छ भने सेयरमा लगानी गर्ने क्रममा हुनसक्ने सामान्य घाटालाई सहने मानसिकता बनाउनुहोस् । लगानीको सुरुवातमा दृढता मुलमन्त्र हो । हतोस्साही नबन्नुहोस् ।

२. लागनी गर्न डिम्याट खाता अनिवार्य खोल्नुहोस् सि–आस्वा को लागि मेरो सेयर खाता खोल्नुहोस् र लागनी गर्न पैसा सेयर कारोवार गर्न बैक खातामा जम्मा गर्नुहोस् । थोरै रकमबाट पनि तपाईले सेयरमा लगानी सुर गर्न सक्नु हुन्छ । अनुभव नै तपाईका लागि ठुलो पाठ र सिकाई हो भन्ने कुरा बुझ्नु पर्छ

Crest

३. सेयरमा लागनीको क्रममा भावनाको भरमा निर्णय नगर्नुहोस् । कसैले बजारको विषयमा व्यक्त गर्ने व्यक्तिगत विचारलाई पुरै व्यवास्ता गर्नुहोस् । खरिद र विक्रिको सामान्य नियमलाई पालन गर्नुहोस् । आजका टप लगानीकर्ताहरुबाट सिक्ने कोसिस गर्नुहोस् । उनीहरुको अनुभव भोगाईलाई तपाईलाई भविष्यमा बजारको लिडर बनाई दिन्छ ।

४. लगानी गरे पछि हुने गरे पछि हुने घाटा वा प्रतिफलको आधारमा आफूले छनोट गरेका कम्पनीको सेयरको विषयमा विश्लेषण गर्ने बानी बसाल्नुहोस् । यो बानीले तपाईलाई आफ्नो सफलता वा घाटाको प्रत्येक कारण जान्न सक्नु हुन्छ । आधारभुत र प्राविधिक पक्षको विश्लेषण गरि लगानी गर्ने सैली राम्रो नाफा हुने सेयर खरिदको मुल मन्त्र हो ।

५. सबै पैसा एउटा कम्पनीको सेयरमा लगानी नगर्नुहोस् । उक्त कम्पनी डुबेमा सबै पैसा डुब्ने सम्भावना धेरै हुन्छ । त्यसैले आफ्नो पुँजीलाई लगानी गर्दा दुई वा दुई भन्दा बढि कम्पनीमा लगानी बाड्नु होस् । जसले गर्दा एउटा क्षेत्रको सेयरको मुल्य घट्दा अर्को क्षेत्रको सेयरको मुल्य बढ्न सक्दछ । घाटा न्यूनीकरण हुन सक्दछ । भनिन्छ एउटा उखानै सबै अण्डा एउटै बास्केटमा राख्नु हुँदैन ।

६. धेरै वटा कम्पनीमा लगानी नबाड्नुहोस् किनकी सबैको सुचना लिन र समय दिन गाह्रो हुन सक्छ । यसको अर्थ हेरचाह गर्न सकिने संख्यामा मात्र लगानी गर्नुहोस् । भनिन्छ राम्ररी पालनपोषण गर्न सक्ने जति मात्र सन्तान जन्माउनु पर्दछ ।

७. लगानी योग्य सबै पूँजी एकै पटक लगानी नगर्नुहोस् , भविष्यमा आउन सक्ने राम्रो अवसरका लागि कम्तिमा ३०–४० प्रतिशत पैसा आफु सँग बचत गरि राख्नु होस्।

८. वारेन बफेट ले भने झै अरु डराएको बेला आफू लोभी हुनुहोस् । अरु लोभी भएको बेला आफू डराउनु होस् । अरु डराएको बेला किन्नु होस् र अरु लोभी भएको बेला बेच्नुहोस् ।

९. झाडीमा भएको दुईवटा चरा भन्दा हातमा भएको एउटा चरा नै उत्तम हो । भोलि धेरै खोज्नु भन्दा आज पाएको नाफा लिनु नै उत्तम हुन्छ । वर्तमान निश्चित छ भविष्य अनिश्चित छ, भुईको टिप्न खोज्दा पोल्टाको गुमाउनु पर्ला भन्ने उखान पनि भुल्नु हुँदैन ।

१०. सेयर बजार किन्ने र बेच्ने विच युद्ध हो । किन्ने किने पछि बढ्छ भन्छ र बेच्ने बेचेपछि घट्छ भन्छ । किन्नेलाई बढेमा बेच्नु छ । बेच्नेलाई घटेमा किन्नु छ ।

११. प्राविधिक विश्लेषण भन्दा बलवान आधारभूत विश्लेषण हुन्छ । यसैले प्राविधिक विश्लेणमा धेरै भर नपर्नुहोस् ।

१२. सेयर बजारमा पनि न्यूटनको तेस्रो सिद्धान्त लागु हुन्छ । हरेक क्रियाको बरावर तर विपरित प्रतिक्रिया हुन्छ । घटे पछि बढ्छ बढेपछि घट्छ ।

१३. नोक्सानमा गरेको लगानीले सबै भन्दा ठूलो शिक्षा दिन्छ । त्यसैले असफतला सबै भन्दा राम्रो शिक्षा हो ।

१४. सेयर बजारमा अर्थतन्त्रमा अधारित छ । अर्थतन्त्र सुधार भए बजार बढ्छ । अर्थतन्त्र खराब भए बजार घट्छ । त्यसैले प्रत्येक दिन पत्रपत्रिका आर्थिक पाना सधै पल्टाउनु बेस हुन्छ ।

१५. सेयरमा लगानी थोरै पैसा बाट सुरु गर्नुहोस् र धेरैको सपना देख्नुहोस् ।

१६. त्यस्तो सेयरमा लागनी गर्नुहोस् जुन किने पछि निधाउन सकियोस् ।

१७. नेप्से परिसुचक अंकमा भन्दा आफूले लगानी गरेको कम्पनीमा ध्यान दिनु होस् । नेप्से बढ्दैमा सबै कम्पनीको सेयर मुल्य बढ्छ भन्ने हुँदैन नेप्से घट्दैमा सबै कम्पनीको सेयर मुल्य घट्छ भन्ने हुँदैन ।

१८. लगानी कर्ताको सबै भन्दा चिन्ता सावाँ बचाउनु मा हुन्छ । त्यसैले लगानी गर्नु पूर्वक सावाको सुरक्षा बारे सोच्नुहोस् ।

१९. सबै भन्दा राम्रो आफै बुझेर लगानी गर्नुहोस् । सम्भव नभए मात्र लगानी व्यवस्थापक वा लगानी सल्लाहकारका सुझाव लिनुहोस् ।

२०. बजार तपाईअनुसार र तपाईले सोचे अनुसार चल्दैन त्यसैले बजार अनुसार चल्न सिक्नु पर्छ ।
कमल पन्थी

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS