IME Life New
GBIME

सानिमा लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँ पाउने, कुन अवधिमा आकर्षण बढी ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८को लागि नयाँ बोनसदर कायम गरेको छ । कम्पनीले यस अवधिसम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो । कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरु, मृत्यु दाबी, चुक्ता मुल्य दाबीको लागि उक्त अवधिसम्म लागु हुनेगरी बोनसदर घोषणा गरेको हो । साथै अर्को बीमाङकीय मुल्याङकन बीमा प्राधिकरणबाट नयाँ व्यववस्था नभएसम्मको लागि घोषणा गरेको जनाएको छ ।

कम्पनीले यस अवधिसम्मको लागि न्युनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । बीमा कम्पनीले प्रकाशन गरेको यस बोनसदरलाई हेर्ने हो भने १५ देखि १९ वर्ष अवधिको बीमा पोलिसीमा बीमितको आकर्षण धेरै देखिएको छ । कम्पनीको विभिन्न अवधिका पोलिसीहरुमध्ये सबैभन्दा धेरै बीमितहरुले १५ देखि १९ वर्ष अवधिको पोलिसी रुचाएको देखिन्छ ।

Crest

सवाधिक जीवन बीमा योजना(रेगुलर)

कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले यस बीमालेखमा सर्वाधिक आकर्षण १५ देखि १९ वर्ष अवधिको देखिएको छ । यस अवधिको बीमापोलिसी १० हजार ४ सय ९२ वटा विक्री भएको छ । यस अवधिको बीमालेखमा बीमितहरुले ४० रुपैयाँ बोनस पाउनेछन् ।

सवाधिक जीवन बीमा योजना(एकल)
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले यस बीमालेखमा सर्वाधिक आकर्षण १५ देखि १९ वर्ष अवधिको देखिएको छ । यस अवधिको बीमा पोलिसी २ सय ६९ वटा विक्री भएको छ । यस अवधिको बीमालेखमा बीमितहरुले ३८ रुपैयाँ बोनस पाउनेछन् ।

त्रिपल सवाधिक बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले यस बीमालेखमा सर्वाधिक आकर्षण १५ देखि १९ वर्ष अवधिको देखिएको छ । यस अवधिको बीमापोलिसी ६ सय १९ वटा विक्री भएको छ । यस अवधिको बीमालेखमा बीमितहरुले २० रुपैयाँ बोनस पाउनेछन् ।

दम्पति सवाधिक बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले यस बीमालेखमा सर्वाधिक आकर्षण १५ देखि १९ वर्ष अवधिको देखिएको छ । यस अवधिको बीमापोलिसी ११ सय १२ वटा विक्री भएको छ । यस अवधिको बीमालेखमा बीमितहरुले २० रुपैयाँ बोनस पाउनेछन् ।

सवाधिक तथा आजीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४४ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले यस बीमालेखमा सर्वाधिक आकर्षण १५ देखि १९ वर्ष अवधिको देखिएको छ । यस अवधिको बीमापोलिसी १७ सय १२ वटा विक्री भएको छ । यस अवधिको बीमालेखमा बीमितहरुले ३९ रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले यस बीमालेखमा सर्वाधिक आकर्षण १५ देखि १९ वर्ष अवधिको देखिएको छ । यस अवधिको बीमापोलिसी ५ सय ४६ वटा विक्री भएको छ । यस अवधिको बीमालेखमा बीमितहरुले ३७ रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS