IME Life New
GBIME

सानिमा म्युचुअल फन्डका तीनवटै योजनाको घट्यो न्याभ, लगानीको अवस्था कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। पुसको तुलनामा माघमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ।

माघमा इक्विटी फन्डको न्याभ घटेर ११.१८ रुपैयाँ पुगेको छ। पुसमा न्याभ ११.४३ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि घटेर माघमा १ अर्ब ३३ करोड रुपैयाँमा खुम्चिएको छ। पुसमा कुल लगानी १ अर्ब ४० करोड रुपैयाँ थियो। गत पुसमा १ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा माघमा भने १ करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

Crest

यसैगरी गत पुसमा ग्रोथ फन्डको ११.०६ रुपैयाँ न्याभ रहेकोमा माघमा घटेर १०.९६ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर माघमा ५६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। पुसमा कुल लगानी ५५ करोड ९४ लाख रुपैयाँ थियो। गत पुसमा ५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले माघमा पनि ४ करोड ६५ लाख रुपैयाँ कमाएको छ।

गत पुसमा लार्ज क्याप फन्डको १०.०९ रुपैयाँ न्याभ रहेकोमा माघमा घटेर ९.९२ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर माघमा १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। पुसमा कुल लगानी १ अर्ब ८ करोड रुपैयाँ थियो। गत पुसमा ३ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले माघमा भने १ करोड ६९ लाख रुपैयाँमात्र कमाउन सफल भएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS