IME Life New

शितलनिवासमा राष्ट्रपति भण्डारी–प्रधानमन्त्री ओली र प्रचण्डबीच भयो यस्तो सहमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षका बीचमा नयाँ सहमति भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा दुई नेताका बीचमा भएको सहमति अनुसार वर्तमान प्रतिनिधि सभाको अवधीभर केपी ओली नै प्रधानमन्त्री रहनेछन् भने अर्का अध्यक्ष अध्यक्ष प्रचण्ड पार्टीको अध्यक्षको रुपमा कार्यकारी भूमिका निर्वाह गर्नेछन् ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपाको तयारीबारे अनेकन कोणबाट चर्चा र बहस भइरहेको बेला बुधबार नेपालको राजनीतिले नयाँ मोड लिने गरी दुई नेताका बीचमा । यसअघि भएको सहमतिलाई भंग गर्दै दुई अध्यक्षका बीचमा नयाँ सहमति भएको हो । सहमति अनुसार यसअघि दुई अध्यक्ष आधा आधा समय सरकारको नेतृत्व गर्ने सहमति भंग गरिएको छ र वर्तमान प्रधानमन्त्री केपी ओली एक्लैले पूरा अवधी सरकारको नेतृत्व गर्नेछन् ।

Crest

राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्य विभाजन गर्ने सहमति गरेका छन् । प्रचण्डले प्रम ओलीलाई मात्रै विश्वास नगरेपछि गोप्य रुपमा राष्ट्रपतिसँग बसेर सहमति गरिएको हो । सहमति पत्रमा दुवै अध्यक्षले हस्ताक्षर गरेको स्रोतको दावी छ । सहमति पत्रमा राष्ट्रपति भण्डारीको हस्ताक्षर छ वा छैन भन्ने खुल्न सकेको छैन ।

दुई अध्यक्षका बीचमा बालुवाटारमा छलफल गरेर सहमति भएपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत साक्षी राख्न शितलनिवास पुगेको बताइएको छ । बालुवाटारमा बुधबार बिहान ओली र प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो । सहमति बनेपछि पार्टीको सचिवालय बैठक पछि धकेलेर दुवै नेता राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
बिहान ११ बजेपछि राष्ट्रपति भण्डारी, ओली र प्रचण्डबीच मात्रै एक घण्टा वार्ता भएको स्रोतले जनाएको छ । सहमति भएपछि बालुवाटार फर्केर उक्त सहमति बाहिर सार्वजनिक भएको छ । दशैँअघिदेखि नै मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा रहेका प्रधानमन्त्रीले प्रचण्डसँग सहमति कायम गर्न नसक्दा मन्त्रिमण्डल पुनर्गठन गर्न सकेका थिएनन् ।

सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिका आधारमा २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । सो सहमतिमा दुई अध्यक्षले आलोपालो सरकार चलाउने सहमति थियो । बुधबारको सहमतिपछि सो पुरानो सहमति भंग भएको छ । प्रम ओलीले सरकारको नेतृत्व गरेको २१ महिनापछि नयाँ सहमति गरिएको हो । नयाँ सहमति नगरेको भए प्रम ओलीले आगामी छ महिनापछि सरकार छोडेर प्रचण्डलाई पालो दिनुपर्ने थियो ।
उता, बुधबार हुने भनिएको मन्त्रिपरिषद पुनर्गठन स्थगित हुनसक्ने सम्भावना रहेको छ । सरकार सञ्चालनका लागि सजह बनाउन नयाँ मन्त्रीहरु कस कसलाई बनाउने भन्ने सम्बन्धमा अन्तिम टुंगोमा पुग्न बाँकी रहेकाले आज हुने भनिएको मन्त्रिपरिषद पुनर्गठन भोलि मात्रै हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS