IME Life New

विगत तीन बर्षको सेयरको बजार मूल्यांकन गर्नुपर्छ, विज्ञ समूह बनाउँ : अर्थमन्त्री

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


अर्थमन्त्री डा.युवराज खतीवडाले सेयर बजारमा देखिएको समस्या समाधान गर्न विज्ञ समूह गठन गरी अध्ययन गर्न प्रतिनिधि सभाको अर्थ समितिलाई सुझाव दिएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा पूँजी बजारमा देखिएका समस्या र सामाधानको लागी चाल्नु पर्ने कदमका बिषयमा भएको छलफलमा अर्थमन्त्री खतीवडाले सुझाव दिएका हुन् ।

मन्त्री खतिवडाले निष्पक्ष विज्ञ समूह गठन गरी विगत तीन बर्षको बजारको अवस्थाको मूल्यांकन गर्नुपर्ने बताए । ‘किन बजार धेरै माथि गयो र किन तल गयो भन्ने बिषयमा समितिले अध्ययन गरोस । त्यहाँबाट आएका सुझावलाई सरकारकाले प्राथमिकता देओस,’ उनले भने ।

Crest

छलफलमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले राष्ट्र बैंकको नीति निर्देशनले सेयर बजारलाई कुनै पनि प्रभाव नपारेको बताए । सिमित व्यक्ति र सिमित क्षेत्रमा मात्रै बजार सिमित हुदाँ आजको समस्या निम्तिएको उनले बताए । ‘सिमित व्यक्तिले कति लगानी गर्न सक्छ । बजारमा सेयरको आपूर्ति बढेपनि त्यसलाई खपत गर्ने लगानीकर्ताको दायरा बढ्न सकेको छैन,’ उनले भने ।

त्यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले पछिल्लो समयमा बोर्डले प्राथमिक बजार र दोस्रो बजार सुधारका लागी विभिन्न कामहरु गरेको बताए । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सबै स्थानिय निकायमा बजार विस्तार गर्न नेप्सले आवश्यक प्रक्रिया बढाएको बताए ।

नेपाल स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाटले भने ब्रोकरले प्रोपाईटरी ट्रेड  गर्न पाउँनुपर्ने माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले शेयर धितो कर्जाको सिमा बढाउँनुपर्ने माग गरेका छन् । मार्जिन लेण्डिङ्गको प्रक्रिया छिटो अगाडी बढाउँनुपर्ने, बजार सम्बन्धी नीतिमा सुधार ल्याउँनुपर्ने, गैरआवासियलाई भित्राउँनुपर्ने लगायतका माग राखेका थिए ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS