IME Life New
GBIME

लुम्बिनी जनरलद्धारा सम्पती बीमा अन्तर्गत १ करोड रुपैयाँ भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स रौतहट शाखाले सम्पती बीमा अन्तर्गत १ करोड भन्दा बढी भुक्तानी गरेको छ । कम्पनि का अन्डरराईटिङ बिभागिय प्रमुख नवराज तिमल्सिनाले रौतहटको गरुडामा अवस्थित साहु ट्रेड कन्सर्नका संचालक मेनु कुमारी शाह र शशि भूषण शाहलाई प्रधान कार्यलयमा १ करोड १९ लाख ९८ हजार ८०० रुपैयाको चेक प्रदान गरेका हुन्।

शाहले संचालन गरेको पसल साहु ट्रेड कन्सर्नमा २०७८ कार्तिक १२ गते बिधुत सर्ट भई आगलागी भएको थियो। आगलागी बाट पसल भित्र रहेको सम्पूर्ण सामाग्री सहित ३ वटा मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नस्ट भएको थियो ।

Crest

शाहले चन्द्रपुर शाखाबाट १ करोड ५० लाखको सम्पति बीमा गरेका थिए। उनले बार्षिक ३० हजार तिर्नु पर्थ्यो । ३ बर्ष बिमा गरेको उनलाई लुम्बिनी जनरल इन्स्योरेन्सले करौडौको भुक्तानी गरेको हो । आफुले बर्षौ देखी कमाएका कमाई आगलागीले केहि बेरमै ध्वस्त पारिदियो,तर घटनाले विक्षिप्त पारेको हाम्रो परिवारलाई इन्स्योरेन्सले पुन सपना देखाउने उर्जा दिएको छ संचालक शाहहले भने । सम्पूर्णलाई आफ्नो सम्पतिको बीमा गर्न समेत साहले सुझाए ।

लुम्बिनी जनरल इन्स्योरेन्स रौतहट शाखा प्रमुख जीवन कटुवाल भन्छन ‘घरमा बस्दा अथवा बाहिर निस्किँदा, सुत्दा अथवा उठ्दा जतिबेला पनि जोखिम छ । नेपालको सन्दर्भमा भन्ने हो भने भुकम्पको खतरा रहेको छ । यस्ता प्राकृतिक प्रकोपका जोखिमहरु लगायत अन्य भैपरी आउनसक्ने जोखिमको लागि आफ्नो सम्पत्तिको विमा गराउन जरुरी छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS