IME Life New
GBIME

लाभांश र मर्जरको प्रस्ताव पारित सहित सगरमाथा इन्स्योरेन्सको एजिएम सम्पन्न

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्ता पुँजीको १२ दशमलव ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ६५२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

Crest

साथै सो सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जर सम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । कम्पनीमा संस्थापक शेयरधनी समूह अन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयर मध्ये २० प्रतिशत शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS