IME Life New
GBIME

लगातार दोस्रो दिन पनि समाज लघुवित्तको शेयरभाउमा नकारात्मक सर्किट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको शेयरभाउमा लगातार दोस्रो दिन नकारात्मक सर्किट लागेको छ।

समाज लघुवित्तको शेयरभाउ आज सोमबार पनि १० प्रतिशतले घटेर प्रतिकित्ता १७६२.९० रुपैयाँमा झरेको हो। आजमात्रै यो लघुवित्तको शेयरभाउ प्रतिकित्ता १९५.८० रुपैयाँले घटेको छ। हिजो आइतबार समाज लघुवित्तको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको थियो।

Crest

करिब ३ वर्षअघि नै नेप्सेमा सूचीकृत समाज लघुवित्तको शेयर गत असार १ गतेबाट कारोबारमा आएको थियो। कारोबारमा आएयता यो लघुवित्तको शेयरभाउ दैनिकजसो उकालो लागेको थियो। पहिलो कारोबारमा ६४.८० रुपैयाँको ओपनिङ रेन्ज पाएको समाज लघुवित्तको शेयरभाउ बढेर गत बिहीबारसम्म २१७६.२० रुपैयाँ पुगेको थियो।

आज पनि समाज लघुवित्तको शेयरमा बिक्रीचाप देखिएको छ। यो समाचार तयार पर्दासम्म मार्केट डेप्थमा ४ हजार ७४३ कित्ता शेयर बिक्री पोस्ट भएको छ। जब कि खरिदतर्फ १ कित्ता पनि पोस्ट भएको छैन।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS