IME Life New
GBIME

लक्ष्मी बैंकको साधारण सभा पुस २८ गते, के-के छन् एजेण्डा ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकले पुस २८ गते २२ औं वार्षिक साधारण सभा गर्दैछ । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कमलपोखरी स्थित अग्रवाल भवनमा विहान ११ बजे गर्ने जनाएको छ ।

बैंकले बाइसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८ /०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्नेछ ।

Crest

सभाले बैंकको लेखा परीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७९ /८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री पि.के.एफ. टि.आर. उपाध्या एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।

1671685721841

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS