IME Life New

लक्ष्मी बैंकको नयाँ शाखा सुर्खेतको छिञ्चुमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ । उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रमक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

Crest

शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

हालसम्म बैंकले ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS