IME Life New

रियल स्टेट लोनमा खासै सुधार देखिएन, आवासीय व्यक्तिगत घर कर्जाको माग बढी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रियल स्टेट कर्जाको मागमा खासै सुधार आएको देखिँदैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको तथ्यांकले यस्तो अवस्था देखाएको हो।

तथ्यांकअनुसार यो १० महिनामा बैंकहरुबाट कुल २ खर्ब ४८ अर्ब ७९ करोड रुपैयाँ घरजग्गा कर्जा (रियल स्टेट लोन) प्रवाह भएको छ। जुन गत असार मसान्तको तुलनामा ०.२ प्रतिशतले कम हो। गत असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ प्रवाह भएको थियो।

Crest

चैतसम्म सबैभन्दा जग्गा खरिद र प्लटिङमा शीर्षकमा बैंकहरुबाट १ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा २.४ प्रतिशतले कम हो। गत असार मसान्तसम्मको यो शीर्षकमा बैंकहरुले १ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यसैगरी चालु आर्थिक वर्षको १० महिनामा रेसिडेन्टल रियल स्टेट शीर्षकमा ७० अर्ब ४१ करोड रुपैयाँ कर्जा भएको छ। यो शीर्षकको कर्जा प्रवाह भने गत असारसम्मको तुलनामा ७.५ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म यो शीर्षकमा ६५ अर्ब ५१ करोड रुपैयाँ कर्जा भएको थियो।

यसैगरी वैशाखसम्ममा बैंकहरुबाट ३ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। जुन गत असारसम्मको तुलनामा ११.८ प्रतिशतले बढी हो। गत असारसम्म यो शीर्षकमा बैंकहरुबाट ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जा २ करोड रुपैयाँसम्म प्रवाह गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS