IME Life New

भुक्तानी गर्न बीमा कम्पनीको अटेरी, समिति मुकदर्शक (हेनुहोस विवरण सहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ। नेपालमा बीमा गर्न जति सजिलो छ, दाबी भुक्तानी लिन त्यति नै गारो छ । बीमा गर्न सहज मान्ने कम्पनीको कर्मचारी भुक्तानी दिने बेला विभिन्न झन्झट लगाउँछन् आम गुनासो सहि भएको तथ्याकंले देखाएको छ ।

गत आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरुले दाबी बापत गरेको व्यवस्था ७ अर्ब रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो । कम्पनीहरुले भुक्तानी गर्न आनाकानी गर्ने हुनाले भुक्तानी बापतको व्यवस्था रकम बढेको हो ।

Crest

बीमा कम्पनीहरुले दाबी भुक्तानी नगरेमा ११५ प्रतिशत प्रोभिजन राख्नुपर्ने व्यवस्था छ । त्यसैले यदि कम्पनीहरुले बास्तविक दाबी र भुक्तानी हुन बाँकी रहेको रकम देखाउँने हो भने ११५ प्रतिशत व्यवस्था गर्दा कम्पनीको नाफा कम हुन्छ । तर, कम्पनीहरुले दाबी रकम कम देखाएर थोरै प्रोभिजन गर्ने गरको बिमकहरु नै बताउँछन् ।

बीमा विनियमावली २०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउने वित्तिकै विमकले सर्भेयर खटाउनु पर्नेछ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र विमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवदन विमक समझ पेश गर्नुपर्छ । सर्भेयरले विमकसमझ प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र विमकले दायित्व ठहर गरी विमितलाई निर्जींवन बीमाको दाबी भुक्तानी गर्नुपर्छ ।

समितिको तथ्यांक अनुसार गत आवको अन्त्यसम्ममा नेशनल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीमा भुक्तानी हुन बाँकी रकम धेरै छ । तर, गत आवमा युनाईटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले कम्पनीले भुक्तानी गर्न बाँकी रकम घटाएका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा युनाईटेड इन्स्यारेन्सको भुक्तानी गर्न बाँकी रकम करिब ५२ प्रतिशतले घटेको छ । गत आवसम्ममा कम्पनीले भुक्तानी गर्न बाँकी रकम २१ करोड २१ लाख रुपैयाँ बाँकी रहेको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले भने करिब ४६ प्रतिशतले घटाएको छ । गत आवसम्ममा कम्पनीले भु्क्तानी गर्न बाँकी रकम ५५ करोड ४ लाख रुपैयाँ बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS