IME Life New
GBIME

ब्रोकर लाइसेन्सका लागि ४५ वटाको आवेदन, स्टक डिलरका लागि नविल सहित ब्रोकरका लागि क-कसले दिए निवेदन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ब्रोकर लाइसेन्सका लागि ४५ वटाको आवेदन परेको छ । बोर्डले असोज २ गते सार्वजनिक सूचना मार्फत आजसम्म ब्रोकरका लागि आवेदन आह्वान गरेकोमा हालको सनि सेक्युरिटीजले स्तरोन्नतीको लागि आवेदन दिएको छ ।

स्टक डिलर सहितको फुल फ्लेजको ब्रोकरका लागि एउटा मात्रै आवेदन परेको छ । नविल बैंकले एक अर्ब ५० करोड रुपैयाँको पूँजी सहित आवेदन दिएको छ । दोस्रो स्तरको ब्रोकरेजका लागि मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटिज र सेञ्चुरी सेक्युरिटिजले आवेदन दिएका छन् । सनि सहित फुल फ्लेजको ब्रोकरेज सेवा दिने दिन चाहनेको संख्या चार वटा पुगेको छ ।

Crest

धितोपत्र बोर्डले तीन तहको ब्रोकरका लागि लाइसेन्स खुला गरेको छ । समान्य शेयर खरिद बिक्रीको सेवा दिनेका लागि २० करोड रुपैयाँ पूँजी तोकिएको छ । यस्तो सेवा प्रवाहका लागि ४१ वटाले आवेदन दिएका छन् । जसमा चुक्ता पूँजी भोले गणेश सेक्युरिटिजको २१ करोड, क्यापिटल म्याक्स सेक्युरिटिज २० करोड, कलश सेक्युरिटिज २० करोड, हिमालयन ब्रोकरेज २३ करोड, एनएमबी सेक्युरिटिजको २० करोड, के.बि.एल सेक्युरिटिजले २० करोड, प्रोपर्टी बिजार्डको २० करोड, शेयरप्रो सेक्युरिटिजको २० करोड, माछापुच्छ्रे सेक्युरिटिजको २३ करोड, एनआईसी एशिया सेक्युरिटिजको २० करोड, सन सेक्युरिटिजको २५ करोड, पाहि इन्भेष्टमेन्टको २० करोड, मियो स्टक मार्केट्स २० करोड, एलिट स्टक हाउसको २० करोड ८० लाख, इन्फिनिटी सेक्युरिटिजको २५ करोड, इन्डेक्स सेक्युरिटिजको २२ करोड ५ लाख, जे.बि.एन.एल सेक्युरिटिजको २० करोड, प्रभु स्टक मार्केट २० करोड, आर.बि.बि सेक्युरिटिजकफ २० करोड, एस.पि.एस.ए सेक्युरिटिजको २० करोड, शुभकामना २० करोड, ट्रेडमो सेक्युरिटिज २० करोड, सानिमा सेक्युरिटिजको २० करोड, आकाश भैरव सेक्युरिटिजको २० करोड, क्यापिटल हब २० करोड, गरिमा सेक्युरिटिजको २० करोड, स्टक्सकार्टस्को २१ करोड, हातेमालोको २० करोड, सि.बि.आई.एल सेक्युरिटिजको २० करोड, इगल स्टक २० करोड, सनराइज सेक्युरिटिजको २० करोड, इन्दिरा सेक्युरिटिजको २० करोड, सजिलो ब्रोकरको २० करोड, मिल्की वे शेयर २० करोड, व्लुचिप सेक्युरिटिजको २० करोड, वेनी सेक्युरिटिजको २० करोड, रोडसो सेक्युरिटिजको २० करोड, सिजी इन्भेष्टमेन्टको २८ करोड ५० लाख, म्याग्नेट सेक्युरिटिजको २० करोड, मनि वर्ल्ड शेयर २० करोड र एप्पल सेक्युरिटिजको २० करोड रुपैयाँ रहेको छ ।

मार्जिन ल्याण्डिङ तथा निक्षेप सदश्यको सेवाका लागि ६० करोड रुपैयाँ तोकिएको छ । यसका लागि मेगा स्टक मार्केट्स, हिमालयन सेक्युरिटिज, सेञ्चुरी सेक्युरिटिजले आवेदन दिएका छन् । धितोपत्रको किनबेच तथा धितोपत्र व्यापारीको काम गर्ने धितोपत्र दलाल कम्पनीका लागि एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । यसका लागि नविलले मात्रै आवेदन दिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS