IME Life New
GBIME

ब्रोकर लाइसेन्सका लागि नेप्सेबाट ३२ कम्पनीले लिए सिफारिस, ११ बैंकको सहायक कम्पनी मार्फत आवेदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड आह्वान गरेको ब्रोकर लाइसेन्सका लागि आवेदन दिने म्याद २ दिन मात्रै बाँकी हुँदा नेपाल स्टक एक्सचेन्जमा ३२ वटा कम्पनीले सिफारिस माग गरेका छन् । बोर्डले असोज २ गते सार्वजनिक सूचना जारी गर्दै ३० दिन भित्रमा आवेदन पेश गर्न आह्वान गरेको थियो । यस हिसावले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम म्याद यहि असोज ३१ गते हुनेछ ।

ब्रोकर लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनु अगाडी नेपाल स्टक एक्सचेन्जबाट सिफारिस लिनु पर्ने हुन्छ । यहि प्रावधानका कारण अहिलेसम्म ३२ वटाले आवेदन पेश गरेका हुन् । जस मध्ये ११ वटा बैंक वित्तीय संस्थाका सहायक कम्पनी छन् । अझै धेर वटा बैंक ब्रोकर लाइसेन्को प्रकृयाँमा छन् । एनमबी बैंक,  माछापुच्छ्र बैंक, एनआईसी एशिया बैंक, मेगा बैंक, प्रभु बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक, नविल बैंक, हिमालयन बैंक, गरिमा विकास बैंक र सिटिजन बैंकले नेपाल स्टक एक्सचेन्जबाट सिफारिस लिएका छन् ।

Crest

नेप्सेका अनुसार भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, एनएमबी सेक्युरिटिज लिमिटेड, केबीएल सेक्युरिटिज लिमिटेड, प्रोपर्टी बिजार्ड लिमिटेड,  सेयरप्रो सेक्युरिटिज लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज प्रालि, एनआईसी एसिया सेक्युरिटिज लिमिटेड, सन सेक्युरिटिज प्रालि, पाही इन्भेस्टमेन्ट लिमिटेड, मियो सेक्युरिटिज प्रालि, मेगा स्टक ब्रोकर लिमिटेड, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, जेबीएनएल सेक्युरिटिज लिमिटेड, प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड, आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड, एसपीएसबी सेक्युरिटिज लिमिटेड, नबिल सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, ट्रेडमो सेक्युरिटिज प्रालि, सानिमा सेक्युरिटिज लिमिटेड, आकाशभैरव सेक्युरिटिज लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड, क्यापिटल हब प्राली, गरिमा सेक्युरिटिज लिमिटेड, स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड, हातेमालो फानान्सियल सर्भिसेज प्रालि र सीबीआईएल सेक्युरिटिजले आवेदन दिएका छन् ।

एनएमबी बैंकले एनएमबी सेक्युरिटिज लिमिटेड, माछापुच्छ्रे बैंकले माछापुच्छ्रे सेक्युरिटिज, एनआईसी एशियाले एनआईसी एशिया सेक्युरिटिज लिमिटेड, मेगा बैंकले मेगा स्टक ब्रोकर लिमिटेड, प्रभु बैंकले प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड, राष्ट्रिय बाणिज्य बैंकले आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड, नविल बैंकले नबिल सेक्युरिटिज लिमिटेड, सानिमा बैंकले सानिमा सेक्युरिटिज लिमिटेड, हिमालयन बैंकले हिमालयन सेक्युरिटिज लिमिटेड, गरिमा विकास बैंकले गरिमा सेक्युरिटिज लिमिटेड र सिटिजन बैंकले सीबीआईएल सेक्युरिटिजको नाममा आवेदन दिएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

68%

खुसी

11%

दु :खी

16%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS