IME Life New
GBIME

ब्रोकर कमिशन घटाउँन धितोपत्र बोर्डले समिति गठन गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिशन शुल्क घटाउँन अध्ययन समिति गठन गर्ने भएको छ । बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा बुधबार काठमाडौमा आयोजना गरेको छलफल कार्यक्रममा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले अध्ययन समिति गठन गरिने बताएका हुन् ।

बोर्डले बुधबार पहिलो पटक लगानीकर्ताको सार्वजनिक सुनुवाई कार्यक्रम राखेको थियो । बोर्डले प्रत्येक तीन महिनामा यस्तो खालको सुनुवाई कार्यक्रम राखिने भएको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरुले कमिशन शुल्क घटाउँनु पर्ने आवाज उठाएपछि बोर्डका अध्यक्ष कार्कीले अध्ययन समितिले खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Crest

कार्यक्रममा पूँजी बजार लगानी कर्तासंघका अध्यक्ष नवराज सुबेदीले कमिशन शुल्क घटाउँने हो भने बजारमा कारोबार पनि बढ्ने दाबी गरे । त्यस्तै, इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले कमिशन शुल्क अहिलेको बजारको बाधक भएको बताए । त्यसैले बोर्ड, नेप्से, सिडिएसी र ब्रोकरलाई कमिशन घटाउँन उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रममा स्टक ब्रोकर एसोशिसयनका अध्यक्ष भरत रानाभाटले व्यवसायलाई असर नपर्ने परी आफुहरु कमिशन घटाउँन वा बढाउँन तयार रहेको बताए । यद्यपी एशियन मुलुका नेपालमा सबै भन्दा न्यून ब्रोकर कमिशन रहेको समेत उनले बताए । ‘ पनि हामी कमिशन घटाउँन तयार छौ । आउनुहोस बसेर छलफल गरौ । विश्लेषण गरौ । तर, हामी पनि व्यवसाय गर्न बसेका हौ । हामीलाई पनि कुनै असर नहोस,’ उनले भने । व्यवसायी हौ भन्दैमा लगानीकर्तासँग धेरै कमिशन असुल्न पर्छ भन्ने पक्षमा ब्रोकरहरु नरहेको उनले बताए ।
त्यस्तै सिडिएससीका कार्यकारी प्रमुख देव प्रकाश गुप्ताले संस्था सञ्चालनमा असर नपर्ने गरि शुल्क घटाउँन तयार भएको बताए ।

बोर्डको साईट परिमार्जन
विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्डले आफनो वेव साईट परिमार्जन गरेको छ । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा बोर्डले परिमार्जन गरिएको साईट सार्वजनिक गरेको हो । त्यसैगरी मेरो सेयर एप्लिकेशन पनि अपडेट गरिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS