IME Life New
GBIME

बैदेशिक रोजगार बीमा पुल मार्फत सञ्चालन हुने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


जीवन बिमा कम्पनीहरुले बैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट सञ्चालन गर्ने भएका छन् । बिमा समितिले माघ १ गते देखि लागू हुने गरी कम्पनीहरुलाई बैदेशिक रोजगार बिमा पुलबाट जारी गर्न निर्देशन दिएको छ ।
समितिले माघ १५ गते भित्रमा सबै जीवन बीमा कम्पनीले मिलेर बैदेशिक रोजगार बीमा बारे कार्यविधि प्रस्तुत गर्न समेत निर्देशन दिएको छ । तत्कालका लागी भने बीमा कम्पनीहरुले हालकै अवस्थामा बीमालेख जारी गर्न पाउँनेछन् । तर, उक्त व्यवसाय पुलमा संकलन हुनेछ । बर्षको अन्तिममा कम्पनीहरुको बजार हिस्सा अनुसार व्यवसाय बाँडफाँड हुने समितिले बताएको छ ।

समितिले पछिल्लो ६ महिनामा तयार पारेको तथ्यांक अनुसार हाल १८ वटा जीवन बिमा कम्पनीहरुले बैदेशिक रोजगार म्यादी जीवन बिमा जारी गरी रहेका छन् । जसअनुसार नेशनल लाईफ इन्स्योरेन्सको कम्पनीको हिस्सा सबैभन्दा अधिक १९ प्रतिशत रहेको छ । दोस्रोमा प्राईम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत रहेको छ । सूर्या लाईफ इन्स्योरेन्सको १२ प्रतिशत, युनियन लाईफ र नेपाल लाईफको ११ प्रतिशत हिस्सा रहेको छ । रिलायवल र रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको ८/८ प्रतिशत हिस्सा रहेको छ ।

Crest

तर, आगामी चार बर्ष पछि बैदेशिक रोजगार (म्यादी) जीवन बिमामा सबै कम्पनीको हिस्सा बराबर बनाईने भएको छ । हाल कम्पनीहरुको बजार हिस्सा अनुसार व्यवसाय बाडफाँड गरे पनि चार बर्ष पछि भने समान बनाइने समितिले बताएको छ । आगामी आर्थिक बर्ष देखि समितिको रोहबरमा कम्पनीहरुको व्यवसाय हिस्सा तय गरिनेछ ।

बैदेशिक रोजगार बीमा अनियमितता देखिएपछि यसलाई मर्यादित बनाउँन समितिले पुल गठन गरेको हो । यसअघि समितिले लघुबिमा पुल मार्फत जारी गर्दै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS