IME Life New

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको समयलाई ध्यानमा राख्दै बैशाख २७ गतेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।

प्रशासन कार्यालयले २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि बैंशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको हो ।

Crest

त्यस्तै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित तथा अनुमति लिएका सवारी साधनहरु बाहेकका अन्य सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सञ्चालन नगर्नु नगराउनु हुन प्रशासन कार्यालयले आग्रह गरेको छ।

 

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS